पर्सागढी नगरपालिकाको सातौ नगर सभामा शुक्रबार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।
प्रमुख गोकर्ण पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाकि उपप्रमुख पुजा चौधरीले आर्थिक वर्ष २०७९/०८० को निति तथा कार्यक्रम र बजेट नगर सभामा प्रस्तुत गर्नुभएको हो ।
उपप्रमुख चौधरीले प्रस्तुत गर्नु भएको ५८ करोड ८१ लाख ५९ हजार रकमको बजेट नगर सभामाले पारित भएको पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले घोषणा गर्नु भएको थियो । नगर कार्यपालिकाका सदस्य र केही वडा सदस्यहरुले आफ्नो माग नीति तथा कार्यक्रममा समेट्नु पर्ने माग गरेका थिए । नगर सभामा बोल्दै प्रमुख पाठकले नगर बासिको चाहना अनुसार कार्यक्रम तथा बजेट तय गरिएको बताउनु भयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादब लगायतको उपस्थिति रहेको थियो ।