अनेरास्ववियु बाराको २३ औ जिल्ला सम्मेलनको उद्घाटन सम्पन्न/अध्यक्षमा खनाल 

३२ असार २०७९, शनिबार १९:५६ प्रकाशित

बारा ३२ असार :
अनेरास्ववियु बाराको २३ औ जिल्ला सम्मेलन उद्घाटन समारोह आज सिमरामा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले गर्नुभएको थियो ।            प्रमुख अतिथि समेत रहेकी बरालले अनेरास्ववियु शैक्षिक आन्दोलन मात्रै नभएर राजनैतिक आन्दोलनको पनि नेता भएको दाबी गर्नुभयो ।       कार्यक्रममा पोलिटब्यूरो सदस्यहरु पुरुषोत्तम पौडेल, ज्वाला साह, अच्युत मैनाली, नेकपा एमालेका नेताहरु मनोज पौडेल,टेक प्रसाद चौलागाई र दुर्गा गौतम अनेरास्ववियु मधेस प्रदेश संयोजक अन्जना सिवाकोटि, सह संयोजक त्रिलोक विक्रम शाह लगायतले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम जिल्ला जिल्ला संयोजक श्यामकृष्ण घिमिरेको सभापतित्वमा हरि लामाको सञ्चालन र लक्ष्मी तिमिल्सिनाको सभापतित्वमा सम्पन्न भएको थियो । सम्मेलनले सरोज खनालको अध्यक्षतामा उपाध्यक्ष शंकर यादव,सचिवमा हरि लामा,सहसचिवहरु निर्जल घिमिरे,बिनिसा अधिकारि, संगिता गौतम ,कोषाध्यक्ष मुन्ना तिवारि,सदस्यहरु समिर लुइटेल र बिज्ञान चापागाइ रहेको २३ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
अधिवेशनमा अनेरास्ववियुका पूर्व जिल्ला अध्यक्षहरुलाई समेत सम्मान गरिएको थियो ।
३२ असार २०७९, शनिबार १९:५६  मा प्रकाशित

Write your Comment