सेजका पुर्ब कार्यकारी निर्देशक भट्टलाई रमाना सगै गाडी उपहार ।

१३ आश्विन २०७६, सोमबार २२:०८ प्रकाशित

काठमाडौँ १३ असोज
विशेष आर्थिक क्षेत्र प्राधिकरण(सेज)का पूर्व कार्यकारी निर्देशक डा.चण्डीका प्रसाद भट्टलाई पदावधि सकिएसँगै सरकारी गाडी नै ‘उपहार’ दिएर पठाइएको छ ।२०७२ असोज ६ गते ४ वर्षका लागि नियुक्त निर्देशक भट्टको २०७६ असोज ६ गते कार्यकाल सकिएपछि साबिकको कार्यालयमा फर्किने निर्णयको पत्रसँगै सेजले ‘अर्को व्यवस्था नभएसम्मका लागि’ भन्दै कार्यरत रहँदा उनले प्रयोग गर्दै आएको प्राधिकरणको बा.२ झ १९४४ नम्बरको गाडी दिएर पठाएको हो ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उप सचिव भट्टलाई २०७२ असोज ४ गतेको मन्त्रिपरिषद् बैठकले ४ वर्षका लागि नियुक्त गरेको थियो ।प्राधिकरणले भट्टलाई दिएको रमाना पत्रको बुँदा नम्बर १६ को अन्य शीर्षकमा ‘अर्को व्यवस्था नभएसम्म बा.२ झ. १९४४ गाडी पठाइएको’ भन्ने उल्लेख छ ।कार्यकाल सकिएको पूर्व पदाधिकारीलाई सरकारी गाडी दिएर पठाएको विषयमा प्राधिकरणका उप सचिव तथा सूचना अधिकारी सुन्दर थापाले केही दिनका लागि अनुरोध गरेकोले दिएको बताए । ‘पूर्व हाकिमले दुई चार अर्को व्यवस्था नभएसम्म चढौँ है भने’ सूचना अधिकारी थापाले भने, ‘ल ठिकै छ नि भनेर दिइएको हो ।प्राधिकरण विशेष स्रोतका अनुसार पूर्व कार्यकारी निर्देशक भट्टले जबरजस्ती लिएर गएका हुन् । ‘उनले गाडी लिएर नै जाने बताएपछि रमाना पत्रमा नै लेखियो’, स्रोतले भन्यो ।यसबारे भट्टसँग बुझ्न खोज्दा उनले उल्टो धम्किपूर्ण अभिव्यक्ति दिएका छन् । कार्यकाल सकिएर बिदा भैसके पछी पनि सरकारी गाडी लिएर गएको बारे यहाँको भनाई के छ ? भन्ने प्रश्नमा उनले भने -‘जे लेख्न मन लाग्छ लेख्नुहोस्, को हो तपाईँ ?’‘याद गर्नुस् मैले तपाईँलाई नोटिस गरिराछु, मैले तपाईँको मोबाइल नम्बर समेत नोट गरेको छु ।’ उनले धम्क्याउँदै भने, ‘तपाईँ याद गर्नुहोस्, मैले पनि गर्नु पर्‍यो भने मैले पनि जानेको छु नि फेरी ?’आजको प्रसासनमा यो समाचार छापिएको छ ।

१३ आश्विन २०७६, सोमबार २२:०८  मा प्रकाशित

Write your Comment