बारा १६ आश्विन :
नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका ४ नम्बर वडा कमिटीले बिजया दशमी,तिहार, छठ र नेपाल सम्वत ११४३ को अवसरमा बाराको औराहामा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रम नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री पौडेलले अबको निर्वाचनमा नेकपा एमालेले बहुमत हासिल गर्ने दाबी भयो । गठबंधन सरकारले देशमा भ्रष्टाचार,अनियमितता महंगी बढाएको बताउनु भयो । उहाले अब जनता गठबन्धनको खोक्रो आश्वासनमा न पर्ने दाबी गर्नुभयो ।
पुर्ब मन्त्री पौडेलले मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनलाई जनताले धुलो चटाउने ठोकुवा गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा कार्यक्रममा केन्द्रीय सदस्य सरस्वती देवी चौधरी,नेकपा एमालेका नेता तथा पुर्ब प्रदेश सभा सदस्य सुन्दर बिक,एमाले नेता देब नारायण चौधरी,मनोज पौडेल,भोला अधिकारी ,रेनु रिमाल,रमेस खरेल,पुर्णचन्द्र तिमल्सिना कासिम हुसैन,पुर्णचन्द्र तिमल्सिनालगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम वडा कमिटीका अध्यक्ष भागबत चौधरीको सभापतित्वमा,त्रिलोक बिक्रम ठकुरिको सहजीकरणमा र रुद्र खतिवडाले स्वागत गर्नु भएको थियो ।