स्थायी सरकार केवल एमालेबाट मात्र सम्भब छ : केन्द्रीय सदस्य चौधरी

१ कार्तिक २०७९, मंगलवार १३:३५ प्रकाशित

कार्तिक १, सिमरा
नेकपा एमाले निकट अखिल नेपाल महिला संघ जीतपुरसिमरा उपमहानगरपालीका नगरकमिटिको सचिवालय बैठक आज सम्पन्न भएको छ । सिमरामा सम्पन्न बैठकले मंसिर ४ गते हुने संघ तथा प्रदेश निर्वाचनमा नेकपा एमालेका उमेदवारहरूलाई भारी मतका साथ बिजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

नगरकमिटि अन्तर्गत रहेको प्रतिनिधि सभा क्षेत्र नं ४ र बारा क्षेत्र नं ३ तथा प्रदेश सभा बारा ४ क र ३ क मा नेकपा एमालेका उमेदवारहरूलाई बिजयी बनान वडागत तहमा व्यापक रूपमा महिला परिचालन गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै प्रमुख अतिथी नेकपा एमालेकी केन्द्रीय सदस्य सरस्वती देवी चौधरीले गठबन्धनले देशमा अस्थिरताको सिर्जना गरेको भन्दै स्थायी सरकार निर्माणका लागी नेकपा एमालेमा मत दिन सबैलाई आग्रह गर्नुभएको छ ।

नगरकमिटि अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा सम्पन्न बैठकमा अनेमसंघ केन्द्रीय सदस्य कमला घिमिरे,ईन्चार्ज शुभद्रा न्यौपाले लगाएतको उपस्थिति रहेको थियो ।

१ कार्तिक २०७९, मंगलवार १३:३५  मा प्रकाशित

Write your Comment