जीतपुरसिमरा वडा नं २ मा नेकपा एमालेको बृहत घरदैलो

३० कार्तिक २०७९, बुधबार १५:०४ प्रकाशित

बारा ३० कार्तिक :

जीतपुरसिमरा २ सिमरामा नेकपा एमालेको बृहत् घरदैलो सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रिय सदस्य एवम् बारा जिल्ला सह इन्चार्ज सरस्वती चौधरी, प्रतिनिधि सभा सदस्य पदका उमेदवार एकबाल मिया , प्रदेश सभा सदस्य पदका उमेदवार देव नारायण चौधरी, मधेश प्रदेशका निवर्तमान सांसद सुन्दर बि.क, पूर्वमेयर कृष्ण पौडेल, एमाले मधेश प्रदेश कमिटि सदस्य एवम बारा ४ का संयोजक मनोज पौडेल, मधेश प्रदेश कमिटि सदस्य दिनेश्वर ठाकुर, एमाले प्रचार प्रसार समिति संयोजक रबिन्द्र खकुरेल, एमाले नेताहरु अमृतलाल श्रेष्ठ, राजाराम चौधरी सहित सयौं नेता कर्याकर्ताको उपस्थितिमा घर दैलो सम्पन्न भएको हो ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न नेकपा एमाले नेतृत्वको सरकार नै आवश्यक हुनाले नेकपा एमालेलाई नै मतदान गर्ने स्थानीयको भनाइ छ।       

कामनाखबरसङ संक्षिप्त्त प्रतिक्रिया दिदै एमालेको तर्फबाट प्रदेश सभा सदस्य उमेदवार देव नारायण चौधरीले जीतपुरसिमरा २ सिमराबासीको यो उत्साह जनक सहभागिताले एमालेको जीत सुनिश्चित रहेको बताएका छन्।

एमाले बारा ४ (क) का प्रचार प्रसार समिति संयोजक एवम् नेकपा एमाले जि.सि २ का अध्यक्ष रबिन्द्र खकुरेलले यस वडाको बिकासका लागी एमाले नेतृत्वले काम गरेको बताउदै यस पटक पनि वडाबासीले नेकपा एमालेलाई नै जनताले मतदान गर्ने बताउनु भयो ।

जि.सि २ स्थित मुसहर्नि माइ मन्दिर, बनबाटिका लगाएतका स्थलको स्तरोन्नति गर्दै यस क्षेत्रलाई धार्मिक तथा पर्यटकिय स्थलको रुपमा बिकास गर्ने प्रतिबद्धता एकवाल मियाँले गरेका छन् ।

सिमरामा अस्पताल संचालन, सिमरा कलेजलाई बहुमुखी क्याम्पसको रुपमा स्थापित गराउने, भौतिक पुर्वाधारको बिकास गर्ने, सिमरा- बिरगंज औद्योगिक करिडोरको बिकास साथै श्रमिक र उध्योग तथा स्थानीय बिचको सम्बन्ध सुमधुर बनाउनका लागी सहजीकरण गर्ने लगाएतका क्षेत्रलाई एमालेले आफ्नो प्रतिबद्धता पत्रमा समावेश गरेको छ ।

३० कार्तिक २०७९, बुधबार १५:०४  मा प्रकाशित

Write your Comment