चोलेन्द्रविरुद्धको महाअभियोग निश्क्रिय, सर्वोच्च फर्किने तयारी

२१ मंसिर २०७९, बुधबार १२:३६ प्रकाशित

काठमाडौं २१ मंसिर :
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव निश्क्रिय भएको छ । संसदका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निश्क्रिय भएको पत्र दिएका हुन् ।

जबराले संसद सचिवालयमा निवेदन दिएका थिए । त्यसको जवाफ दिने क्रममा महासचिव गौतमले यस्तो जवाफ दिएका हुन् ।
यससँगै जबराको निलम्बन हटेको छ । उनी अब सर्वोच्च अदालत फर्किने तयारीमा छन् ।

२१ मंसिर २०७९, बुधबार १२:३६  मा प्रकाशित

Write your Comment