सत्ता गठबन्धनमा सहमती गण्डकी र लुम्बिनी एमाले,मधेस,वागमती र सुदूरपश्चिम आलोपालो

२४ पुष २०७९, आईतवार २१:१८ प्रकाशित

सत्तारुढ गठबन्धन दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेश सरकार गठनकाे बाँडफाँट टुंगिएको छ ।

दलहरुबीच बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको बालुवाटार श्रोतले जनाएको छ ।

आजै प्रदेश १ मा भने नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका सीके राउतको सहभागीता रहेको थियो ।

२४ पुष २०७९, आईतवार २१:१८  मा प्रकाशित

Write your Comment