काठमाडौ २फागुन :
अनेरास्ववियुको २३ औं महाधिवेशनको उद्घाटन समारोह सकिए सगै बन्दशत्र सुरुभएकोछ । अधिबेशनको नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओलिले आज एक समारोहकाबिच उद्घाटन गर्नु भएको थियो । बन्दशत्र सञ्चालनका लागि एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको संयोजकत्वमा ९ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको छ ।
बन्दसत्रमा अनेरास्ववियुकि अध्यक्ष सुनिता बरालले आफ्नो कमिटी भंग भएको घोषणा गर्दै अध्यक्ष मण्डलको नाम प्रस्ताव गरेकी हुन् । अध्यक्ष मण्डलमा अनेरास्ववियुका पूर्वइन्चार्जहरू खिमलाल भट्टराई र विनोद ढकाल रहेकाछन् ।
त्यस्तै संयन्त्रकी उपप्रमुख रचना खड्का, अनेरास्ववियुका इन्चार्ज माधव ढुंगेलसहित पूर्वअध्यक्षहरू किशोरविक्रम मल्ल,नविना लामा,ऐन महर र सुनिता बराल अध्यक्ष मण्डलमा रहेका छन् ।
अध्यक्ष मण्डलले महाधिवेशनका बाँकी काम संचालन गर्नुका सथै सहमतिको प्रयस गर्नेछ । सहमती नभए एमालेको निर्वाचन आयोगलाई निर्वाचन प्रक्रियाको लागि सघाउनेछ । भोलि उम्मेदवारी मनोनयन र विहीबार निर्वाचनको कार्यक्रम रहेको छ ।