अनेरास्ववियुको अध्यक्षमा समिक बडाल र महासचिवमा नरेश रोकाया विजयी

५ फाल्गुन २०७९, शुक्रबार ०८:२० प्रकाशित

नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अध्यक्षमा समिक बडाल विजयी भएका छन् ।
२३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गए राति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका छन भने महासचिवमा नरेश रोकाया निर्वाचित भएका छन्।

बडालले ९६२ मत पाएर विजयी हुँदा आरसी लामिछानेले ३५६ मत पाए। त्यस्तै अध्यक्षका अर्का उम्मेदवार मोती विकले ७८ मत पाएका थिए ।

यसैगरी उपाध्यक्षमा गोविन्द गिरी,धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट निर्वाचित भएका छन् ।

मतपरिणाम अनुसार सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना शिवाकोटी,आरती भट्टराई र वितिता काफ्ले निर्वाचित भएका छन्।

यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएको अखिलका नेताहरुले बताएका छन । यद्धपी, यसको औपचारिक घोषणा भएको छैन ।
अनेरास्ववियुको १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटीका लागि ३ सय भन्दा बढीले उम्मेदवारी दिएका थिए ।

७ वर्षपछि भएको निर्वाचनमानिर्वाचनमा १५१७ मत खसेको थियो । अखिलको नयाँ नेतृत्वमा १७ पदाधिकारीसहित केन्द्रीय कमिटीका १९९ सदस्यीय निर्वाचित भएका छन् ।

५ फाल्गुन २०७९, शुक्रबार ०८:२०  मा प्रकाशित

Write your Comment