पुल्चोक क्याम्पस : बिरासत फर्काउने तयारीमा अनेरास्ववियुका बिराज अर्याल

२ चैत्र २०७९, बिहीबार २१:३४ प्रकाशित

चैत्र २, पुल्चोक।

नेपाल विद्यार्थी संघका उम्मेदवार नारायण काफ्ले २०४९ सालको स्ववियु निर्वाचनमा सभापतिमा विजयी हुनुअघिसम्म पुल्चोक क्याम्पस कम्युनिष्टहरूको गढ थियो । त्यसपछि भने यहाँ मिश्रित परिणाम आउने गरेको थियो ।

२०४९ अघि पुल्चोक क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका भरत पहारी निर्वाचित भएका थिए । २०६३ मा नेपाल विद्यार्थी संघका जनकराज जोशी र  २०६५ मा अनेरास्ववियुका प्रकाश सापकोटा  स्ववियु सभापतिमा निर्वाचित भएका थिए । २०७३ को स्ववियु चुनावमा पुल्चोक क्याम्पसमा अखिल (क्रान्तिकारी) बाट रोशन थापा मगर विजयी बने । उनले तीन वर्षे कार्यकाल पूरा गरेपछि विगत तीन वर्षदेखि यहाँको स्ववियु कार्यालयमा ताला लागेको छ ।

पुल्चोक क्याम्पसमा अध्ययन गर्न हरेक वर्ष प्रवेश परीक्षामा सहभागी झण्डै १४ हजार विद्यार्थीमध्येबाट ५०० देखि ६०० विद्यार्थी छानिन्छन् । यसरी छानिएका २ हजार ६९९ विद्यार्थीले यसपटक पुल्चोक क्याम्पस स्ववियुमा १९ जनाको कार्यसमिति छान्दैछन् ।

स्ववियु निर्वाचनका लागी क्याम्पसमा ७ वटा सङ् समुह दर्ता भएको उक्त क्याम्पसमा बिभिन्न पदका लागी ५० जना सदस्यले मनोनयन दर्ता गराएकामा कुनै पनि उमेदवारले मनोनयन फिर्ता लिएका छैनन् ।

बलियो बन्दै अनेरास्ववियुका बिराज
यसै बिच अनेरास्ववियुबाट उमेदवारी दर्ता गराएका बिराज अर्याललाई सबै भन्दा बलियो उमेदवारको रुपमा हेरिएको छ । मिजासिलो स्वभावका बिराज स्नातक तह चौथो बर्षमा सिभिल इन्जिनियरिङ बिभागमा अध्ययनरत छन् । अनेरास्ववियु पुल्चोक क्याम्पसको सफल नेतृत्व गरेका बिराज आम विद्यार्थीले रुचाएका उमेदवार हुन् । पुल्चोक क्याम्पसमा थुप्रै रचनात्मक काम गरेका अर्याल विद्यार्थी माझ लोकप्रिय अनुहार हुन् ।
पुल्चोक क्याम्पसलाई थप समृद्ध बनाउने र आम विद्यार्थीका साना साना समस्या समाधान गर्ने नै आफ्नो प्रमुख योजना भएको उनले बताए । विभिन्न कार्यक्रम मार्फत विद्यार्थीसङ प्रत्यक्ष सम्पर्कमा रहेका साथीहरुलाई अनेरास्ववियुले उमेदवार बनाएकाले आफु सङै सिङ्गो प्यानल बिजयी हुने दाबि गर्दै अर्याल भन्छन, “२०७३ को स्ववियुमा हामीले कोषाध्यक्ष, सचिव सहित धेरै सदस्य जिते पनि सभापति पनि गुमाउनु पर्यो, यो निर्वाचन बाट हामी २०६५ अनेरास्ववियुको बिरासत फिर्ता गर्छौँ। “

सचिवमा सुकृती सुबेदी र कोषाध्यक्षमा दिप सागर ज्ञवालीलाई अघि सारेको अनेरास्ववियुले सबै बिभागबाट प्रतिनिधित्व हुने गरी ७ जनालाई प्रत्यक्ष तर्फ सदस्य पदको उमेदवार बनाएको छ ।


विद्यार्थीहरु बीच छिट्टै घुलमिल हुन सक्ने स्वभावका उनी क्याम्पसमा भर्ना भए देखी नै सक्रिय छन्। क्याम्पसमा क्रियाशील एक गैर राजनैतिक विद्यार्थी संस्थाका पदाधिकारी भन्छन, “अहिले सबै दलले अघि सारेका उमेदवारहरु हेर्दा र एजेन्डा हेर्दा अनेरास्ववियुले सारेका उमेदवार केहि हद सम्म अब्बल देखिन्छन, सम्बन्धित बिभागमा रहेर काम गरेका देखी कक्षामा सर्बोत्कृष्ट अंक ल्याउने सम्मलाई उमेदवार बनाउनु एउटा राम्रो पक्ष हो, अध्यक्षका उमेदवारहरु मध्ये बिराज अर्याल सुरु देखी नै फिल्डमा देखिएका अनुहार भएकाले पनि विद्यार्थीको लागी अर्याल क्याची फेस हुन सक्छन।” साथै अनेरास्ववियुले अघि सारेको समृद्ध पुल्चोक क्याम्पसको नारा र २० ग्यारेन्टीले धेरैलाई प्रभावित बनाउन सक्छ, उनी थप्छन।
अनेरास्ववियुले बिराज अर्यालको नेतृत्वमा ३ जना महिला र २ जना समाबेशी सदस्यलाई प्रतक्ष्य तर्फ मैदानमा उतारेको छ।
पुल्चोक क्याम्पसमा सभापति पदका लागी अनेरास्ववियु सहित नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, विद्यार्थी जनमत सङ, अनेरास्ववियु (नेकपा एस निकट), नेपाल क्रान्तिकारी विद्यार्थी संघ लगाएतका संगठन र २ जना स्वतन्त्र उमेदवारको उमेदवारी रहेको छ ।

२ चैत्र २०७९, बिहीबार २१:३४  मा प्रकाशित

Write your Comment