एमाले नेताहरुको जिम्मेवारी व्यापक हेरफेर,पौडेललाई मधेस प्रदेस स्कुल बिभाग र रौतहट,मैनाली पर्सा र साहलाइ सर्लाहीको इन्चार्जको जिम्मेवारी

२३ जेष्ठ २०८०, मंगलवार २३:५० प्रकाशित

काठमाडौँ
नेकपा एमालेले केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्यहरूको कार्य विभाजनमा व्यापक हेरफेर गरेको छ ।

गत शुक्रवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले नेताहरूको कार्य विभाजन गरेको हो । कार्य विभाजनको मुख्य उद्देश्य मिसन ग्रास रुटबाट पहिचान भएका सङ्गठनात्मक समस्याहरूको समाधान गर्नु, काममा रहेको दोहोरोपन र अस्पष्टता ( एउटै भूगोल,विभाग या फाँटमा इन्चार्ज या प्रमुखका अलावा धेरै सहइञ्चार्ज÷उपप्रमुख रहेको स्थितिका कारण परिभाषित काममा केन्द्रित हुन तथा जिम्मेवारी पूरा गरेको÷नगरेको मूल्याङ्कन गर्न अप्ठ्यारो परेको अवस्था) हटाउन र प्रत्येक पदाधिकारी या सदस्यलाई मापन गर्न सकिने जिम्मेवारी दिनु रहेको एमालेले जनाएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले मङ्गलवार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी ७) मा ३४९ जना नेताहरूको कार्य विभाजन गरेको उल्लेख छ ।
जिम्मेवारी हेरफेरमा वरिष्ठ उपाध्यक्षदेखि, उपाध्यक्षहरु, महासचिव,उपमहासचिवहरू, सचिवहरू र केन्द्रीय सदस्य परेका छन् । जसमा उपाध्यक्षहरूलाई ३३ वटा विभागको समन्वयको जिम्मा दिइएको छ भने प्रदेशको इन्चार्जको जिम्मा सचिवहरूले पाएका छन् । त्यस्तै स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूले विभाग र जिल्लाको समेत जिम्मेवारी पाएका छन् ।
यसै बिच मधेस प्रदेश इन्चार्जको जिम्मेवारी योगेश भट्टराईलाई दिएको छ । पोलिट्व्यूरो सदस्य पुरुषोत्तम पौडेललाई रौतहटको इन्चार्ज र मधेस प्रदेशको पाटी स्कुल संयोजनको जिम्मेवारी दिएको छ । त्यसैगरी अर्का पोलिट्व्यूरो सदस्य अच्युत मैनालीलाई पर्सा जिल्लाको इन्चार्ज बनाइएको छ भने सर्लाहीको इन्चार्जको जिम्मेवारी ज्वाला कुमारी साहलाई दिइएको छ ।
त्यसैगरी सुमनराज प्याकुरेललाई सिराहाको इन्चार्ज बनाइएको छ भने बाराको इन्चार्जमा रामदयाल मण्डललाई जिम्मा दिएको छ । पोलिटब्युरो सदस्य लिलानाथ श्रेष्ठलाई धनुषाको इन्चार्ज बनाइएको छ । त्यसैगरी महोत्तरीको इन्चार्ज जुली कुमारी महत्तोलाइ बनाइएको छ । त्यसैगरी सप्तरीको इन्चार्जको जिम्मेवारी मन्जु कुमारी चौधरिलाइ दिनुका साथै केन्द्रीय सदस्यहरुलाई पालिकाको इन्चार्ज बनाइएको छ ।

२३ जेष्ठ २०८०, मंगलवार २३:५०  मा प्रकाशित

Write your Comment