काठमाडौ २५ असोज :
नेपाल भ्रमणमा रहनु भएका चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको विकासमा सहयोग गर्ने घोषणा गर्नुभएको हो । नेपाली समकक्षी विद्यादेवी भण्डारीसँगको भेटवार्तामा उहाले तीन वर्षभित्र ५६ अर्ब सहयोग रकम उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।राष्ट्रपति भवन शितल निवासमा भएको भेटलाई सम्वोधन गर्दै राष्ट्रपति सीले विमानस्थलमा आफुलाई गरिएको स्वागतको खुलेर प्रशंसा गर्नुभयो । आफु र चिनलाई विमानस्थलमा गरिएको स्वागतको खुलेर प्रसंशा गर्दै सास्कृतिक कार्यक्रमबाट आफु प्रभावित भएको बताउनु भयो । ‘आफुलाई गरिएको स्वागतबाट चिनियाँ जनताप्रति नेपाली जनताले देखाएको लगावको अनुमान गर्न सकिन्छ’, उहाले भन्नुभयो । नेपालले समृद्ध नेपाल सुखी नेपालीको नारालाई वर्तमान नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले पुरा गर्ने विश्वास लिएको बताउदै नेपालको सो पहलमा सहयोग गर्न चिन तयार रहेको उल्लेख गर्नुभयो ।मन्त्रीहरुसमेत सहभागी रहेको द्विपक्षीय छलफलमा उहाले सन् २०२० देखी २०२२ सम्मको अवधिमा नेपाललाई करिव ५६ अर्ब बराबरको आर्थिक सहयोग गर्ने पनि घोषणा गर्नुभयो । नेपालले एक चीन नीति प्रति देखाएको अडान प्रसंशा योग्य रहेको राष्ट्रपति सीले बताउनु भयो ।राष्ट्रपति भण्डारीले भने नेपालले सदैव एक चिन नीति लिएको स्पष्ट पार्नुभयो । उहाले चीनले नेपालको आर्थिक र समाजिक विकासमा अहिलेसम्म पु¥याएको सहयोगप्रति चिनियाँ सरकार र चिनियाँ जनतालाई धन्यवाद समेत दिनुभयो । चिनियाँ प्रतिनिधिमण्डल सहभागी रहेको टोलीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षका बारेमा पनि जानकारी गराउनु भएको छ ।उहाले दुईदेश बीच व्यापार बढ्दै गएकोमा प्रशंसा गरेपनि ब्यापार घाटा बढ्दै गएकाले नेपाली सामान चिन निर्यातका लागि सरल र सहज वातावरण बनाईदिन आग्रह गर्नुभएको छ । नेपालमा उत्पादकत्व र रोजगारी बढाउने क्षेत्रमा चिनियाँ क्षेत्रले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।