गठबन्धन सरकार पुर्णरुपले असफल भइसक्यो- एमाले उपाध्यक्ष पौडेल

११ आश्विन २०८०, बिहीबार २१:२३ प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री बिष्णु प्रसाद पौडेलले यो गठबन्धन सरकार पुर्णरुपले असफल भइसकेको बताउनुभएको छ । बाराको पचरौतामा नेकपा एमाले पचरौताले आयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । पौडेलले शिक्षा क्षेत्र अस्तब्यस्त छ । शिक्षक आन्दोलनमा छ्न,शिक्षकका माग पुरागर्ने तर्फ सरकारको ध्यान छैन,चिकित्सक आन्दोलित छ्न,हत्या हिन्सा बढेकोले सरकार असफल भएको छ ।
पौडेलले एमालेका जनप्रतिनिधी माथिको साघातिक हमला भएको चर्चा गर्दै भन्नू भयो सरकारले जनताको सुरक्षा दिन न सक्ने हो ? हो भने जनताको सुरक्षा गर्न एमाले तयार छ । अत्याचारका बिरुध प्रतिबाद गर्न,गुण्डाहरुलाइ नियन्त्रण गर्न,अराजकताको अन्त्य गर्न एमाले तयार छ चेतावनिको शैलिमा उहाले भन्नू भयो । उहाले यो सरकार रहे देशमा भ्रष्टाचार बेथेती र अराजकता अझ बडने दाबी गर्नु भयो ।
कार्यक्रममा केन्द्रीय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई,पोलिटब्युरो सदस्य तथा पुर्व मन्त्री पुरुशोत्तम पौडेल,ज्वाला साह,रामदयाल मण्दल,केन्द्रिय सदस्य बलबिर चौधरी, एकवाल मिया अन्सारी,अतिथि पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह,एमाले नेता मनोज पौडेल,नगर उपप्रमुख नसिमा खातुन लगायतको बोल्नु भएको थियो ।
कार्यक्रममा पचरौता वडा न.७ बाट लोसपाका वडा अध्यक्ष प्रत्यासी सकल मुखिया,नेता सियाराम मुखिया,नेता सोनालाल साह,जवाहर रौनियार,वडा न.१ बाट जसपाको इकाइ अध्यक्ष मखबुल मिया मन्सुरी,वडा न.६ बाट नेपाली काङ्ग्रेसका वडा अध्यक्ष प्रत्यासी रोशन अलि अन्सारी,लोसपाका नेता अरुण कुश्वाहा,नैमोदिन अन्सारी,भोला मिया,राम भरोस साह,वडा न.५ बाट लोसपका नेता शम्भु चौरसिया,जसपाका राजु यादव,वडा न.४ बाट जसपाका राकेश यादव,नेपाली काङ्ग्रेसबाट रामप्रवेश यादव लगायत सयौंको संख्यामा आज नेकपा एमाले पार्टीमा प्रबेश गर्नु भएको थियो । जयनारायण राउतको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन वडा न.५ का वडा अध्यक्ष लक्ष्मी यादव र स्वागत मन्तब्य वडा न.९ का वडा अध्यक्ष गगनदेव यादवले गर्नु भएको थियो ।

११ आश्विन २०८०, बिहीबार २१:२३  मा प्रकाशित

Write your Comment