सर्वाेच्चकाे परमादेश लगत्तै पक्राउ परे रिगल

१६ कार्तिक २०८०, बिहीबार १७:०३ प्रकाशित

राष्ट्रपतिबाट आममाफी पाएर रिहा भएका योगराज ढकाल ‘रिगल’ पक्राउ परेका छन् । उनलाई प्रहरीले बाँकेकाे नेपालगन्जबाट पक्राउ गरेकाे हाे ।जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले नेपालगन्जबाट पक्राउ गरेकाे एसपी सुवासचन्द्र बोहराले बताए ।

सर्वोच्च अदालतले योगराज ढकाल रिगललाई दिइएको आममाफी बदर गर्दै उनलाई तत्काल पक्राउ गर्न आदेश दिएकाे थियाे । आदेश लगत्तै उनलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

चेतन मानन्धरकाे हत्या आराेपमा जेल सजाय भाेगिरहेका रिगलले राष्ट्रपति रामचन्द्र पाैडेलले स‌ंविधान दिवशकाे अवसरमा आममाफी दिएका थिए ।

१६ कार्तिक २०८०, बिहीबार १७:०३  मा प्रकाशित

Write your Comment