बारा ८ कार्तिक :
जिल्ला प्रहरी कार्यालय बाराले आज बिहान सिम्रौनगढ नगरपालिका ११ भगवानपुको एक घरमा छापामारी भन्सार छली नेपाल भित्र्याइएका कपडाहरु बरामत गरेको छ। प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरि भारतबाट अवैधरुपले तस्करी गरी नेपाल भित्र्याइएको ३९ लाख ४६ हजार बराबरको कपडा बरामत गरिएको जनाएको छ।बाराका प्रहरी उपरीक्षक विकासराज खानालका अनुसार भगवानपुरका संजय जयसवालको घरबाट उक्त कपडा वरामद भएको हो।‘जयसवालले पहिलादेखि नै प्रहरीको आँखा छल्दै भन्सार छली गरेको कपडाहरु घरमा ल्याएर भण्डारण गर्दथे,’ पत्रकार सम्मेलनमा खनालले भने, ‘ जयसवालको गतिविधिलाई निगरानी गर्दा घरमै भण्डारण गरिएको भन्सार छलीको ३९ लाख भन्दा बढिको लत्ताकपडा बरामद भएको छ।’घरमा राखिएको तस्करीको कपडा बरामत गर्न प्रहरी उनको घर पुग्दा जैसवालले घर छोडेर भागेको प्रहरी उपरीक्षक खनालले बताए।