७३ औ मदन जयन्तीको अवसरमा सिमरामा विचार गोष्ठी सम्पन्न

१५ असार २०८१, शुक्रबार २०:५९ प्रकाशित

नेकपा एमालेको कार्यक्रम जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारीको ७३ औ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेकपा एमाले निकट जीफण्टले सिमरामा विचार गोष्ठीको आयोजना गरेको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
पोलिटब्युरो सदस्य पौडेलले सामन्तवाद र साम्राज्यवादको शोषण उन्मुलन गरी जनताको जनवादी व्यवस्था कायम गर्नु जनताको बहुदलीय जनवादको केन्द्रीय कार्यभार भएको स्पष्ट पार्नु भयो । उहाँले जनताको हातमा सम्पूर्ण सत्ता केन्द्रित गरी राजनीतिक,आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा आधारभूत जनवादी सुधार र परिवर्तन गर्न सकिने दाबी गर्नु भयो ।असम्भव हुँदैन शोषित पीडित जनताको हितमा भएको उल्लेख गर्दै सामन्तवाद र साम्राज्यवाद अन्त्य गरी जनताको जनवादी राज्य सत्ता स्थापना गर्ने कार्यक्रम रहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा एमाले केन्द्रीय सदस्य सरस्वती चौधरी, एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल प्रदेश कमिटी सदस्य सुन्दर बिक ढुण्डिराज उप्रेती, समग्र उद्योगका केन्द्रीय अध्यक्ष आनन्द थामी लगायतले मदनका विचारको बारेमा प्रष्ट पार्नुभएको थियो । मधेस प्रदेश कमिटीका अध्यक्ष कमलेश झाको अध्यक्षतामा र मुक्ति चौधरीको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो।

१५ असार २०८१, शुक्रबार २०:५९  मा प्रकाशित

Write your Comment