७३ औ मदन जयन्तीको अवसरमा अनेरास्ववियुद्वारा बाराको डुमरवानामा वृक्षारोपण

१५ असार २०८१, शुक्रबार २१:३४ प्रकाशित

नेकपा एमालेको कार्यक्रम जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारीको ७३ औ जन्म जयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेकपा एमाले निकट अनेरास्वबियुले बाराको डुमरवाना कलेजमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु बलबिर चौधरी, सरस्वती चौधरी,एमाले मधेस प्रदेशका सचिव मनोज पौडेल ,प्रदेश कमिटी सदस्य किशोर शर्मा, ढुण्डिराज उप्रेती, एमाले जिल्ला कमिटीका उपाध्यक्ष भुलन चौधरी, उपसचिव जवाहिर अन्सारी जिल्ला सदस्य सीमा ठकुरी,एमालेका युवा नेता त्रिलोक विक्रम ठकुरी,राजकुमार अर्याल,अनेरास्वविय केन्द्रीय सदस्य लक्ष्मी तिमल्सिना कलेजका अध्यक्ष अनिल मैनाली ,कलेज प्रमुख राधेश्याम शिवाकोटी,बिदुर खड्का, कलेजका शिक्षक तथा विद्यार्थीहरूको वृक्षरोपण कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रम अनेरास्वबियुका जिल्ला अध्यक्ष सरोज खनालको सहजीकरणमा सम्पन्न भएको हो।   

१५ असार २०८१, शुक्रबार २१:३४  मा प्रकाशित

Write your Comment