डोनाल्ड ट्रम्पमाथि गोली प्रहार

३१ असार २०८१, आईतवार १०:०० प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ ।अमेरिकाको पेन्सिल्भेनियाको बटलरमा शनिबार भएको एक र्‍यालीमा ट्रम्पमाथि गोली प्रहार भएको हो ।

यो घटनापछि डोनाल्ड ट्रम्प आफ्नो दाहिने कानमा हात राखेको देख्न सकिन्छ । ट्रम्पको र्‍यालीमा धेरै पटक गोली चलेको आवाज सुनिएको थियो ।

पूर्व राष्ट्रपति ट्रम्पले आफूलाई मेरो दाहिने कानको माथिल्लो भागमा गोली लागेको र गोली लागेको बताएका छन् । चुनावी र्‍यालीलाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको हो ।

लाइभ भिडियोमा ट्रम्पको दाहिने गाला र कानमा रगत छर्किएको देखाइएको छ।

उनी अहिले सुरक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । उनीमाथि गोली प्रहार गर्नेलाई भने प्रहरीले गोली हानेर मारेको जनाइएको छ ।साथै एक सर्वसाधरणको पनि मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

ट्रम्पको चुनावी अभियानले एक विज्ञप्ति जारी गर्दै उनी ‘ठीक’ रहेको र स्थानीय स्वास्थ्य संस्थाले उनको ‘हेरचार’ गरिरहेको बताएको छ।

१५० देखि २०० यार्ड बाट गोली हानिएको बताइएको छ । गोली प्रहारपछि फाइट फाइट भनेर कराएको ट्रम्पको भिडिओ भाइरल भएको छ । केही समय अगाडि अमेरिकी पत्रकार टकर कार्लसनले ट्रम्पको हत्या प्रयास हुन सक्ने बताएका थिए ।

अमेरिकी सरकारबाट यस्तो हुने भय उनले सार्वजनिक गरेका थिए । यस्तै बीबीसीका एक पत्रकारले आफू बाइडेन भएको भए ट्रम्पको हत्या गर्ने बताएका थिए । अमेरिकीमा नेटो सम्मेलन सकिएको लगत्तै ट्रम्पको हत्या प्रयास भएको हो ।

ट्रम्प युद्ध बिरोधी उमेदवार हुन् । नेटोमा अमेरिकाले एक्लै खर्च नगर्ने उनले बताउँदै आएका थिए ।

३१ असार २०८१, आईतवार १०:००  मा प्रकाशित

Write your Comment