पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बन्जारा चढेको गाडी दुर्घटना

७ श्रावण २०८१, सोमबार १५:५५ प्रकाशित

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा चढेको गाडी दुर्घटनामा परेको छ । महासंघ प्रदेशका महासचिव बन्जारा चढेको गाडी आज दिउँसो जितपुरमा दुर्घटनामा परेको हो ।

सिमराबाट बीरगन्जतर्फ जादै गरेको प्रदेश ३–०१–०२४ छ १८६५ नम्बरको गाडीलाई सोही दिशाबाट बीरगन्जतर्फ आउँदै गरेको मालबाहक ट्रकले ठक्कर दिदाँ दुर्घटना भएको हो ।

दुर्घटनामा परी पत्रकार बन्जारसहित उनको श्रीमती पनि घाइते भएकी पत्रकार केसी लामिछानेले बताए । घाइते दुबै जनाको बीरगन्जस्थित हेल्थ केयरमा उपचार भइरहेको तथा अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

ठक्कर दिने गाडी प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।दुईवटा ट्रकहरु एक आपसमा प्रतिस्पर्धा गरिहँदा एउटा ट्रकको टायर पड्किदा अनियन्त्रित भई समान दिशाबाट गईरहेको कारलाई ठक्कर दिएको हो । ठक्कर दिने ट्रकहरुमा ना६ ख २६५४ नम्बरको ट्रक र ना ६ ख ७५४९ नम्बरको ट्रक रहेको छ ।

७ श्रावण २०८१, सोमबार १५:५५  मा प्रकाशित

Write your Comment