कक्षा १२ को नतिजा सार्वजनिक,५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण

१८ श्रावण २०८१, शुक्रबार १२:४७ प्रकाशित

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेकाे बाेर्डले जनाएकाे छ ।

नतिजा अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।

१८ श्रावण २०८१, शुक्रबार १२:४७  मा प्रकाशित

Write your Comment