नेकपा एमालेका जितपुरसिमरा उपमहानगर नगरकमिटीका पुर्व सदस्य तथा सहकारी अभियन्ता नारायण दत्त अधिकारीको १३ औ दिनको पुण्यतिथिमा आज निज निवास डुमरवानामा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । सभामा नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेलले अधिकारिले समाजमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो।
सभामा एमालेका केन्द्रीय सदस्यहरू बलवीर चौधरी, सरस्वती देवी चौधरी,एमाले मधेस प्रदेशकमिटिका सचिव मनोज पौडेल, प्रदेश कमिटी सदस्यहरू किशोर शर्मा,ढुण्डिराज उप्रेती, चयन गुरुङजिल्ला उपाध्यक्ष भुलन चौधरी, एमाले नगर कमिटीका अध्यक्ष भोला प्रसाद अधिकारी,उपसचिव त्रिलोक बिक्रम ठकुरीलगायतको कार्यक्रममा उपस्थित रहेको थियो। नेकपा एमाले जितपुरसिमरा १५ नम्बर वडा कमिटीका अध्यक्ष राजकुमार अर्यालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा पार्टीका कार्यकर्ता तथा स्थानीयको उपस्थिति रहेको थियो। सहकारी क्षेत्रमा योगदान दिनुभएका सामाजिक अभियान्ता अधिकारीको सवारी दुर्घटनामा निधन भएको थियो।