बरीष्ठ नेता नेपाल कार्तीक १३ गते बुधबारका दिन कलैया आउने /

१२ कार्तिक २०७६, मंगलवार ०८:२४ प्रकाशित

बारा १२ कार्तीक :
नेकपाका बरीष्ठ नेता तथा पुर्व प्रधानमन्त्रि माधव कुमार नेपाल कार्तीक १३ गते बुधबारका दिन कलैया आउने कार्यक्रम तय भएको छ । उपभोक्ता हित संरक्षण मञ्चले कलैयामा आयोजना गरेको शुभकामना आदान प्रदान तथा उपभोक्ता सचेतना कार्यक्रममा प्रमुख अतिथकिो रुपमा भाग लिने आयोजकले जनाएको छ । बरीष्ठ नेता नेपालका साथै उधोग तथा बाणिज्य मन्त्रि मात्रिका यादब पनि आउने कार्यक्रम रहेको छ । दिनको १ बजे मदन आश्रीत स्मृती भवन कलैया संगै रहेको निर्माण ब्यावसायी संघको सभाहलमा कार्यक्रम आयोजना गरीएको मञ्चका अध्यक्ष नरेस मोदकले जानकारी दिनुभयो कार्यक्रममा उपस्थीत भइदिन सबैलाई आग्रह गर्नु भयो । कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको मञ्चका शर्मा बैठाले जानकारी दिनु भयो ।
त्यसैगरी बरीष्ठ नेता नेपाल बिहान ११ बजे नेकपा जिल्ला कमिटी सदस्य अमृत शर्मा बजगाइका बुवा र केन्द्रीय सदस्य तथा प्रदेस सभा सदस्य ज्वाला साहका ससुरा स्वर्गिय इश्वरी प्रसाद बजगाइको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ महेन्द्रनगर पिलुवामा हुने श्रध्दाञ्जलि कार्यक्रम सहभागी हुने कार्यक्रम रहेको छ ।

१२ कार्तिक २०७६, मंगलवार ०८:२४  मा प्रकाशित

Write your Comment