सन्चार मन्त्री गुरुङ संग बाराका विभिन्न स्थानको मोबाइल नेटवर्क समस्या समाधान गर्न माग

२ आश्विन २०८१, बुधबार २०:२५ प्रकाशित

सिमरा २ असोज :
बाराको टागिया,चकरी  रतनपुरलगायतका स्थानमा सन्चारको समस्या भएको भन्दै सुचना तथा सन्चार प्राविधि मन्त्री पृथ्वी सुब्बा गुरुङसग समस्या समाधानका लागि आग्रह गरिएको छ ।
नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री पुरुषोत्तम पौडेल सहितको प्रतिनिधि मण्डलले जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टाँगियाबस्ती,वडा नम्बर २२ को चकरी,निजगढको रतनपुरलगायत बारा जिल्लाका विभिन्न स्थानमा मोबाइल नेटवर्कको समस्या रहेकोले  भरपर्दो टवरको ब्यावस्था मिलाउन अनुरोध गरेको छ ।
हामिले २१ औ सताब्दिमा पनि बारा जिल्लाका कतिपय स्थानमा नेटवर्कको समस्या छ । रुखमा चडेर मोबाइल चलाउनु पर्ने बाध्यता छ, यो समस्या मन्त्रीज्युले समाधान गरिदिनु पर्यो भन्यौ प्रतिनिधि मण्डलमा सहभागी एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलले भन्नू भयो ।
जवाफमा मन्त्री गुरुङले छिटै नै समस्या समाधान गरिने प्रतिबद्धता जनाउनु भयो । उहाले ४ सय वटा टावरको टेण्डर प्रक्रिया सुरु गरिएको समेत जानकारी दिनु भयो । आएपछि समस्या समाधन हुन्छ मन्त्रीको भनाइ उदृत गर्दै पौडेलले जानकारी दिनु भयो ।
प्रतिनिधि मण्डलमा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, प्रदेश सचिव मनोज पौडेल,टाँगियाबस्ती सरोकार समितिका संयोजक रमेस सापकोटा,एमाले रौतहटका उपाध्यक्ष रुपेश पटेल लगायतको सहभागिता रहेको थियो।
२ आश्विन २०८१, बुधबार २०:२५  मा प्रकाशित

Write your Comment