एमालेले मात्रै खेल र खेलाडीको हितमा काम गरेको छ-एमाले प्रदेश सचिब पौडेल

२१ आश्विन २०८१, सोमबार १७:५९ प्रकाशित

नेपाल खेलकुद महासङ्घ अन्तर्गत राष्ट्रिय फुलकन्ट्राक्ट करातेको मधेश प्रदेश स्तरीय भेला आज सिमरामा सम्पन्न भएको छ। नेकपा एमाले मधेस प्रदेशका सचिव तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख मनोज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै सचिव पौडेलले नेकपा एमालेले मात्रै खेल र खेलाडीको हितमा काम गरेको दाबी गर्नुभयो,उहाँले राष्ट्रिय खेलकुद ऐन नेकपा एमालेको पालोमा आएको, प्रदेशको खेलकुद ऐन पनि एमालेले ल्याएको उल्लेख गर्दै खेल क्षेत्रको लागि तिनै तहको सरकारले कुलबजेटको एक प्रतिशत बजेट छुट्याउन माग गर्नुभयो। उहाँले एमालेको बहुमतको सरकार नआएसम्म खेल र खेलाडीको हितमा काम हुन नसक्ने उल्लेख गर्दै जवानीमा खेल बाट देशलाई चिनाउने खेलाडिहरुलाइ पेन्सनको समेत व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो।

राजेश महत्वको सभापतित्वमा सम्पन्न कार्यक्रममा खेलकुद महासंघका इन्चार्ज प्रभु शिवाकोटी ,खेलकुद महासंघका विज्ञ सदस्य मानदेव हजारा मदन भण्डारी स्पोट एकेडेमी बाराका अध्यक्ष रविन्द्रराज भण्डारी, नेपाल खेलकुद महासङ्घ मधेस प्रदेशकी उपाध्यक्ष सम्झना राई, प्रेस चौतारी नेपालका बारा अध्यक्ष दिवाकर भण्डारी लगायतको उपस्थिति रहेको थियो। भेलाले राजेश महतोको अध्यक्षतामा १५ सदस्य राष्ट्रिय फूल कन्ट्याक्ट कराते मधेस प्रदेश कमिटी गठन गरेको छ।

२१ आश्विन २०८१, सोमबार १७:५९  मा प्रकाशित

Write your Comment