लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घद्वारा शुभकामना आदानप्रदान सम्पन्न

१४ कार्तिक २०८१, बुधबार २०:०० प्रकाशित

नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ को रजघट्टामा विजयादशमी शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ। नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री पुरुषोत्तम पौडेलको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्यहरू देवनारायण चौधरी, रविन्द्रदास श्रेष्ठ,प्रदेश कमिटी सदस्यहरु किशोर शर्मा,चयन गुरुङ,एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डे, क्षेत्रीय संयोजक अनिल मैनाली,वडा नम्बर १४ का अध्यक्ष यमनाथ ढकाल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

वडा कमिटीकी अध्यक्ष बिना गुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण तेजनारायण चौधरी र स्वागत श्यामबाबु खाले गर्नुभएको थियो।

१४ कार्तिक २०८१, बुधबार २०:००  मा प्रकाशित

Write your Comment