पुर्वमन्त्रि पौडेलद्धारा सिमरामा २ कोठे अपाङ्गतामैत्री भवनको शिलान्यास

१८ मंसिर २०८१, मंगलवार २२:५७ प्रकाशित

नेपाल अपाङ्ग संघ बाराको कार्यालय परिषरमा २ तलाको लिफ्ट सहितको अपाङ्गतामैत्री भवन बन्ने भएको छ । अपांग मैत्री उक्त भवनको २०८१ साल फाल्गुन महीनामा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माण गर्न लागिएको छ । अपाङ्ग मैत्री भवनको पुर्वमन्त्रि तथा एमालेका पोलिटब्युरो सदस्य पुरुशोत्तम पौडेलले एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको छ ।
साथी नेपालको सहयोग एवं चाईल्ड रेस्क्यु नेपालको आर्थिक सहयोगमा २ कोठे २ तल्ले भवन निर्माण हुने भएको छ । नेपाल अपाङ्ग संघ बाराको कार्यालयमा रहेका अपाङ्ग बालबालिकालाई पठनपाठन धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ । ३० लाखको लागतमा निर्माण हुने अपाङ्गमैत्री भवनमा लिफ्टको समेत ब्यवस्था गरिने छ ।
कार्यक्रममा बोल्दै पुर्वमन्त्रि पुरुषोत्तम पौडेलले जिल्ला अपाङ्ग संघका कार्यलयमा ठप्प २ कोठे भवन बनेपछि अपाङ्गता भएका बालबालिकाले सुरक्षित वातावरणमा शिक्षा हासिल गर्न पाउने बताउनु भयो ।


उहॉले शिक्षामा सबैको सम्मान पहुच पुर्याउनको लागि साथी नेपाल संस्थाको सहयोगमा अपाङ्गमैत्री भवन शिलान्याश गर्न पाउँदा आफू निकै खुशी महसुस गरेको बताउनु भयो ।
३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवस पारेर अपाङ्ग मैत्री भवनको शिलान्यास गरिएको नेपाल अपाङ्ग संघ बाराका अध्यक्ष गंगा वाग्लेले बताउनु भयो । २ कोठे भवन निर्माण भए संगै अपाङ्ग संघको कार्यालयमा रहेका बालबालिकाको पठनपाठन धेरै राहत मिल्ने समेत उहाले बताउनु भयो ।
साथी नेपाल संस्थाले जिल्ला अपाङ्ग संघ बाराको अनुरोधमा २ कोठे भवन निर्माण गर्नमा सहयोग गरेको साथी नेपाल संस्थाकि अध्यक्ष सरिता सापकोटाले बताउनु भयो । उहॉले भन्ननु भयो २ कोठे भवनले जिल्ला अपाङ्ग संघ बारामा रहेका अपाङ्ग बालबालिकालाई धेरै राहत मिल्ने छ ।
अपाङ्तामैत्री भवन शिलान्यास कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोला प्रसाद अधिकारीले अपाङ्ग बालबालिकालाई समेत एकै नाशले हेर्ने दृष्टिकोण बनाउने गरि उपमहानगरले काम गरिरहेको बताउनु भयो । आफू शारिरिक रुपमा अपाङ्ग भएकोले अपाङ्गता भएका ब्यक्तिको समस्या धेरै नजिक बाट नियालेकोले अपाङ्गता भएका ब्यक्तिहरुको हकहितको लागि उपमहानगरले बजेटको नै ब्यवस्थापन गर्दिएको समेत उहॉले कार्यक्रममा सुनाउनु भयो । उक्त शिलान्याश कार्यक्रममा संविधान सभा सदस्य जयराम दाहाल, पूर्व प्रदेश सभा सदस्य शोभा लामा,जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल,नेकपा एमाले मधेश प्रदेश कमिटी सचिव मनोज पौडेल,कॉग्रेसका छबिलाल शर्मा लगाएत अपाङ्गता भएका ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

१८ मंसिर २०८१, मंगलवार २२:५७  मा प्रकाशित

Write your Comment