पर्सागढीले आयोजना गरेको आँखा शिविरमा ७९ जनामा मोतियाबिन्दु पहिचान

४ पुष २०८१, बिहीबार १८:५४ प्रकाशित

बडनिहार ४ पौष :
पर्सागढी नगरपालिकाको आयोजना र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको सहयोगमा पर्सागढी नगरपालिका अन्तर्गत बागेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र वडा नं.-६ को चैनपुरमा नेत्ररोग परिक्षण शिविर आज सम्पन्न भएको छ ।
आगामि पौष ११ गते देखि १३ गतेसम्म सञ्चालन हुने नेत्ररोग शल्यक्रिया शिविरलाई लक्षित गरि नेत्ररोग परिक्षण शिविरको सन्चालन गरिएको हो ।

पर्सागढी नगरपालिका वडा नं.-६ का अध्यक्ष नवलकिशोर प्रसाद कलवारको अध्यक्षतामा र नगर प्रमुख गोकर्ण पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न नेत्ररोग परीक्षण कार्यक्रममा उप-प्रमुख पूजा चौधरी,अध्यक्ष कार्यपालिका सदस्य तथा वडा सदस्य लगायत कर्मचारीको उपस्थिति रहेको थियो ।
शिविरमा २३१ जनाले आखाँ परिक्षण गराएका मध्ये ७९ जनामा मोतियाबिन्दु पत्ता लागेको छ। मोतियाबिन्दु पहिचान भएकाहरुको पौष ११ गते देखि १३ गतेसम्म नगरपालिकाले शिविर सञ्चालन गरेर शल्यक्रिया गर्ने कार्यक्रम छ ।

४ पुष २०८१, बिहीबार १८:५४  मा प्रकाशित

Write your Comment