सिमरा ५ पौष :
नेकपा एमाले निकट मानवअधिकार सामाजिक न्याय मञ्च ( मानवअधिकार एलायन्स ) को जितपुरसिमरा उपमहानगर स्तरीय भेला आज सिमरामा सम्पन्न भएको छ। भेलाले जितपुर सिमरा उपमहानगर कमिटी गठन गरेको छ। नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेलको प्रमुख अतिथ्यतामा भेला सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै प्रदेश सचिव पौडेलले समाजमा भएका विकृति र विसंगतिका विरुद्धमा एलायन्सले बोल्नुपर्ने बताउनुभयो उहाँले समाजमा लैङ्गिक हिंसा, जातीय हिंसा भइरहेको छ त्यस्ता कुरालाई उठाउने र त्यसको विरुद्धमा एलायन्सले बोल्नुपर्ने पौडेलको भनाइ थियो ।
मानव अधिकार एलायन्सका जिल्ला अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्यहरु सुन्दर बिक,चयन गुरुङ, निर्वाचित वडा अध्यक्षहरू पार्टीका वडा अध्यक्षहरू, विभिन्न संस्था, र संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
भेलाले नवीन मैनालीको अध्यक्षतामा ११ सदस्यिय मानवअधिकार एलायन्स जितपुरसिमरा उपमहानगर कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा राजेन्द्र जम कटेल ,सचिवमा नुरेन अन्सारी र कोषाध्यक्षमा अनिता क्षेत्री लगायत रहनुभएको छ।