रविलाई निलम्बन गर्ने चिठी पुग्यो संसदमा

७ पुष २०८१, आईतवार २१:३१ प्रकाशित

काठमाडौं ७ पौष :
रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संसद् सचिवालयमा आइपुगेको छ ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबार ढिलोगरी निलम्बन सिफारिसको चिठी आइपुगेको हो । समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले बताए ।

सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो ।

७ पुष २०८१, आईतवार २१:३१  मा प्रकाशित

Write your Comment