सिमरा २६ पौष :
मानव अधिकार सामाजिक न्याय मञ्च मानव अधिकार (एलाईन्स )बाराको अधिवेशन सिमरामा सम्पन्न भएको छ।
अधिवेशनको उद्घाटन नेकपा एमाले पोलिटब्युरो सदस्य एवम पुर्व मन्त्रि पुरुषोतम पौडेलले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पौडेलले मानव अधिकार र सामाजिक न्यायको प्रक्षमा लाग्नका लागि सबैलाई आग्रह गर्नुभयो । कतिपय ठाउँमा मानव अधिकारका घटनाहरु हुने गरेका छन् त्यस्ता घटनाहरुलाई उठाउने र त्यसका विरुद्धमा बोल्ने काम गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा मानव अधिकार एलाईन्सका केन्द्रिय सदस्य कृष्ण लामा,एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेल, प्रदेश कमिटी सदस्यद्धय देवनारायण चौधरी,किशोर शर्मा, जिल्ला सचिव अमृत शर्मा बजगाई,उपसचिवद्धय जवाहिर अंसारी,भावना आचार्य लगाएतको उपस्थिती रहेको थियो ।कार्यक्रममा मानव अधिकार एलाईन्स बाराका अध्यक्ष अनिल तिवारीको अध्यक्षतामा श्रीराम शाहको सहजीकरण र तीर्थ गौतमले स्वागत गर्नुभएको थियो।
अधिवेशनले शान्ता कुमारी बजगाई (रिना)को अध्यक्षतामा ११ सदस्यीय जिल्ला कमिटी सर्वसहमतिले चयन गरेको छ । त्यसैगरी समितिको उपाध्यक्षमा श्रीराम साह कानु, सचिवमा कुवेर न्योपाने, कोषाध्यक्षमा दिपलक्ष्मी खरेल रहनुभएको छ । त्यसैगरी सदस्यहरुमा उषा सापकोटा, समिना कौडेल, हरिमाया लामा, राहुल गुप्ता, सुरेश साह, बालकृष्ण हुमागाई रहनुभएको छ ।
जिल्ला भेलाले मानव अधिकार एलाईन्सको माघको पहिलो हप्ता बारामा हुने मधेश प्रदेश अधिवेशनलाई लाई भब्यताका साथ सम्पन्न गर्न जिल्ला तथा पालिका कमिटिलाइ जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।