रवि लामिछानेलाई काठमाडौँ प्रहरी परिसर लगियो

२८ पुष २०८१, आईतवार १७:३० प्रकाशित

काठमाडौं २८ पौष :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालत पेस गर्नेगरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो ।
लामिछानेलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिने भएको छ । काठमाडौँ जिल्ला अदालतको आदेश लगत्तै उनलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा लगिएको हो । ।
अदालतको ढोकाबाट सलाम गर्दै रवि बाहिर निस्किएका छन् ।

२८ पुष २०८१, आईतवार १७:३०  मा प्रकाशित

Write your Comment