संसद्को हिउँदे अधिवेशन माघ १८ गते बोलाउने मन्त्रिपरिषद्‌को निर्णय

७ माघ २०८१, सोमबार १९:०४ प्रकाशित

मन्त्रिपरिषदको बैठकले संसद्को हिउँदे अधिवेशन यही माघ १८ बाट बोलाउने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन आह्वान सम्बन्धी सिफारिस अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको हो ।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो । विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशन यही माघ १८ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

७ माघ २०८१, सोमबार १९:०४  मा प्रकाशित

Write your Comment