बीरगंज १९ माघ :
नेकपा एकीकृत समाजवादी पर्साको हालै सम्पन्न नवौं जिल्ला अधिवेशन विवादमा परेको छ । सो अधिवेशन खारेजीको माँग गर्दै पार्टीको निर्वाचन आयोग र अनुशासन आयोगमा उजुरी परेपछि सो तथ्य बाहिर आएको हो।
अधिवेशनमा जिल्ला अध्यक्षको प्रत्याशी रहेका अनिल पटेल,उपाध्यक्षका प्रत्याशी रहेका द्वारिका श्रीवास्तव सहित जिल्ला प्रतिनिधिहरुले उजुरी गरेका हुन ।
उनीहरु सहित २२ जना अधिवेशन प्रतिनिधिले नवौ जिल्ला अधिवेशन अवैधानिक भएको भन्दै खारेजीको माँग गरेका छन ।
प्रतिनिधि मापदण्ड अन्तर्गत विधानलाई पुर्ण वेवास्था गर्दै २ वर्ष नपुगेकोलाई प्रतिनिधि बनाएको र ५ वर्ष नपुगेकोलाई अध्यक्ष मण्डलले जिल्ला कमिटीको सदस्यमा नाम राखी रखोको अधिवेशन अवैधानिक नै रहेको स्वतः पुष्टि भएको उजुरी पत्रमा उल्लेख छ ।
अध्यक्ष मण्डलको अध्यक्षतामा माघ १२ गते राधेमाईमा वसेको बैठकमा ३ सय २५ प्रतिनिधि रहेकोमा जम्मा ९५ जनाको उपस्थिति रहेको भन्दै अधिवेशन विधान विपरित नै रहेको उजुरीकर्ताले जीकीर गरेका छन ।
जिल्ला कमिटीको घोषणा भए पछि अधिकांश कमरेड अपत्ति जनाउदै गए पनि निर्वाचन समितिले प्रायः पदाधिकारी र जिल्ला सदस्यहरुको मनोनयन आफै भरी, प्रस्तावक, समर्थकको नाम आफ्नै मनले राखी नक्कली हस्ताक्षर गरी आफ्नो कोरम पुर्याएको उजुरीमा उल्लेख छ।
पार्टीका नेतागण पद पावरको दुरूपयोग गरी विधानको निति नियम कुल्चिदै पर्सा जिल्लाको नौ अधिवेशन सम्पन्न गरेको ढोङ रचि पर्सामा पार्टी थप कमजोर बनाएकोमा आफूहरुको आपत्तीरहेको उजुरीकर्ताले उल्लेख गरेका छन ।
उजुरीकर्ताले अवैधानिक कमिटीबिघठन नभए पार्टी जोगाउनकालागि समानान्तर कमिटी बनाउने समेत जनाएका छन ।