बिरगंज २३ माघ :
वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ गण्डक चौकमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जना नर्स घाइते भएकी छिन् ।
परवानीपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.५१ प ८४२५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७९८८ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट स्कुटी चालक बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ४ बस्ने २२ वर्षिय मधु शुक्ला घाइते भएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।
उनकाअनुसार गम्भिर घाइते भएकी मधुको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भिर रहेको प्रहरी नायब उपरीक्षक लम्सालले बताए ।
स्कुटरलाई ठक्कर दिने ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बस्ने ४१ वर्षीय पुरण सिंहलाई नियन्त्रणमा लिइएको छ ।