दिल्लीमा आम आदमी पार्टीलाई धक्का, अरविन्द केजरीवालसमेत पराजित

२६ माघ २०८१, शनिबार १४:२२ प्रकाशित

काठमाडौं २६ माघ :
भारतको राजधानी नयाँ दिल्ली प्रदेशको निर्वाचनमा लगातार जित्दै आएको आम आदमी पार्टीलाई धक्का लागेको छ ।

मतगणनाको पछिल्लो रुझानमा भारतीय जनता पार्टी बहुमत नजिक पुगेको छ । नयाँ दिल्लीका पूर्व मुख्यमन्त्री तथा आदमी पार्टीका संस्थापक अरविन्द केजरीवाल समेत चुनावमा पराजित भएका छन् ।

उनलाई भाजपाका परवेश बर्माले पराजित गरेका हुन् । पछिल्लो मतगणना अनुसार भाजपा ३६ सीटमा अग्रतासहित ११ सीटमा जित निकालेर अगाडि छ । त्यस्तै आम आदमीले ६ सीट जितेर १७ सीटमा अग्रता लिइरहेको छ । ३६ सीट भए सरकार चलाउन बहुमत पुग्छ । यहाँ अन्य दलले अग्रता समेत लिन सकेका छैनन् ।

७० सीटको विधान सभामा भाजपा बहुमतसहित सरकार चलाउने ठाउँमा पुगेको छ । केजरीवालपछिका नेता मनिष सोसधिया पनि पराजित भएका छन् ।

२६ माघ २०८१, शनिबार १४:२२  मा प्रकाशित

Write your Comment