भट्टराई नेतृत्वको नेसपाको आयोजक समिति भंगगर्दै पाँच सदस्यीय अध्यक्षमण्डल गठन

२७ माघ २०८१, आईतवार २०:०४ प्रकाशित

काठमाडौं २७ माघ :
नेपाल समाजवादी पार्टी नयाँशक्तिको महाधिवेशन आयोजक समिति भंगगर्दै बन्दशत्र सन्चालनका लागि पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ । आइतबार प्रज्ञाभवन कमलादीमा सुरु भएको बन्दसत्रमा आयोजक समिति भंग गरी पाँच सदस्यीय अध्यक्षमण्डल गठन गरिएको हो ।

अध्यक्षमण्डलमा भक्तबहादुर शाह, दुर्गा सोव, सृजना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कुर्मी रहेको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले जानकारी दिए ।

उनका अनुसार बन्दसत्रमा निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले पेस गरेको ‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक प्रतिवेदनबारे समूहगत छलफल हुनेछ ।

भट्टराईले राजनीतिक दलको मूल वैचारिक-राजनीतिक प्रवृत्ति र चरित्रका आधारमा विश्लेषण गरेका छन् । आइतबार महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले वर्ग चरित्रबारे विश्लेषण गरेका छन् ।

बन्दसत्रले ११ पदाधिकारी, ९९ केन्द्रीय सदस्य समिति चयन गरी माघ २९ गते महाधिवेशन सकिने पोखरेलले बताए ।

२७ माघ २०८१, आईतवार २०:०४  मा प्रकाशित

Write your Comment