एमाले अध्यक्ष ओली जतिको राष्ट्रवादी नेता मुलुकमा कोही पनि छैन-वरिष्ठ उपाध्यक्ष पोखरेल

२८ माघ २०८१, सोमबार २१:५४ प्रकाशित

मलङ्गवा २८ माघ :
नेकपा एमाले सर्लाहीको आयोजनामा वडा केन्द्रीत ३ महिने अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सर्लाहीको मलङ्गवा आज सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरेलले राष्ट्रियताको पक्षमा खडा हुने र विदेशीसँग आँखामा आँखा मिलाएर कुरा गर्न सक्ने नेता एमालेका अध्यक्ष केपी शर्मा ओली मात्रै भएको दाबी गर्नुभयो। पोख्रेलले नेकपा एमालेले राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ता रक्षाका लागि सधैँ लागिरहने लागिरहने स्पष्ट पार्नुभयो। केपी ओली जतिको राष्ट्रवादी नेता यो मुलुकमा कोही नभएको दाबी समेत गर्नुभयो।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी,मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ,केन्द्रीय सदस्यहरू हरि उप्रेती,रञ्जना सरकार, कल्पना कटुवाल कमलादेवी महत्तो,प्रदेश कमिटी अध्यक्ष चण्डेश्वर मण्डल, सचिव मनोज पौडेल, उपसचिव मोहम्मद कैस लगायतको उपस्थिति रहेको थियो।
सर्लाही जिल्ला कमिटीका अध्यक्ष राजनारायण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण डिल्ली अधिकारीले गर्नुभएको थियो भने स्वागत विदुर प्याकुरेलले गर्नुभएको थियो।

२८ माघ २०८१, सोमबार २१:५४  मा प्रकाशित

Write your Comment