गरुडा २९ माघ :
नेकपा एमाले रौतहटको आयोजनामा वडा केन्द्रीत ३ महिने अभियान सम्बन्धि अभिमुखिकरण कार्यक्रम रौतहटको गरुडामा आज सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन एमालेका उपमहासचिव प्रदिप ज्ञावालिले गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ज्ञावालिले देशलाइ सहिदिशा दिनको लागि एमाले र काग्रेसको संयुक्त सरकार बनेको बताउनु भयो ।उहाले बिगतमा एमाले काग्रेसले एक अर्कोलाइ सिध्याउन खोजेर २० सिटेलाइ प्रधानमन्त्री बनाउदा प्रजातन्त्र खतरामा परेको उल्लेख गर्दै अहिलेपनी दस सिटेले प्रधानमन्त्री मागेकोले दुइपार्टी मिल्नु परेको प्रष्ट पार्नु भयो । उहाले ठुलापार्टी बाहिरबसेर दस सिटे र बत्तिस सिटेले देशको अवस्था कस्तो बन्ला भएर दुइपार्टी मिलेर सरकार बनाएकोले प्रचण्ड सरकार बाट बाहिरिनु परेकोले पिडाले बर्बराइ रहनुभएको छ ।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी,मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ,केन्द्रीय सदस्यहरू अजय गुप्ता,उद्घब रेग्मी,रेखा झा,कुन्दन कुशवाहा, प्रदेश कमिटी अध्यक्ष चण्डेश्वर मण्डल,उपाध्यक्ष बिचारी यादव,सचिव मनोज पौडेल, उपसचिव आरती भण्डारीलगायतको उपस्थिति रहेको थियो।
रौतहट जिल्ला कमिटीका अध्यक्ष सचितानन्द साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिब बाबुराम दाहालले गर्नुभएको थियो भने स्वागत उपाध्यक्ष रुपेश पटेलले गर्नुभएको थियो।