बारा २ फागुन :
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगबाट गरिएको कार्यसम्पादन मुल्यांकनमा प्रसौनी गाउँपालिकाले पहिलो स्थान प्राप्त गरेको छ ।
आ.व. २०८०/८१ को कार्यसम्पादन मुल्यांकनमा ६२.४ अंक प्राप्त गरेर जिल्लामा सर्वोत्कृष्ट र मधेश प्रदेशभरमा तेस्रो स्थानमा छनौट भएको हो । कार्यसम्पादन मुल्यांकनमा उत्कृष्ट स्थान प्राप्त गर्ने पालिकाले थप अनुदान पाउने ब्यावस्था छ । बारामा पहिलो स्थान प्राप्त गरेकोमा परसौनी गाउपालिका अध्यक्ष बिनोद जैसवालले सबैलाइ बधाई दिनुभएको छ । त्यसैगरी परसौनी गाउपालिकाक प्रमुख प्रशासकिय अधिकृत सुमित सिंहले पालिकाले महत्वपुर्ण उपलब्धि हासिल गरेकोले प्राप्त उपलब्धि संस्थागत गर्न महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुहुने जनप्रतिनिधिज्हयूरु, कर्मचारीहरु लगायत सहयोगी सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्नुभएको छ ।