एमालेको तीन महिने वडा केन्द्रित अभियान जितपुरसिमरा वडामा सुरु

२१ फाल्गुन २०८१, बुधबार २२:०८ प्रकाशित

बारा २१ फागुन :
नेकपा एमालेद्वारा संचालित ३ महिने वडा केन्द्रित अभियान आजबाट जितपुरसिमराको वडा वडामा सुरु भएको छ । सो अभियान अन्तर्गत आज जितपुरसिमरा उपमहानगरपालिका वडा न.२ कमिटिको बिस्तारित बैठक जिफ्रण्ट कार्यालय सिमरामा सम्पन्न भएको छ ।

वडा कमीटीका अध्यक्ष रबिन्द्र खकुरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य एकवाल मियाँ, मधेस प्रदेश कमिटी सचीव मनोज पौडेल,प्रदेश कमिटी सदस्य सुन्दर बिक, चैन गुरुङ ,सुभद्रा न्यौपाने, प्रदेश लेखा कमिटी सदस्य बिशाल घिमिरे,जिल्ला कमिटी सदस्य तथा नगर अध्यक्ष भोलाप्रसाद अधिकारी, गिता घले,कमला घिमिरे ,कृष्ण खनाल,आरिफ हुसेन,मनहरी अधिकारी,दिनेस्वार ठाकुर,रत्न उप्रेती लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उपसचिव सुर्य पौडेलले स्वागत गर्नु भएको थियो भने बैठकले ३ महिने कार्यक्रमको कार्ययोजना निर्माण गरेको गरेको छ ।

त्यसैगरी जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ मा पनि वडा विस्तारित बैठक सम्पन्न भएको छ। भागवत चौधरीको अध्यक्षतामा सम्पन्न विस्तारित बैठकले तीन महिने अभियानको कार्यसूची निर्माण गरेको छ।

२१ फाल्गुन २०८१, बुधबार २२:०८  मा प्रकाशित

Write your Comment