एमाले मोरङको अध्यक्षमा अजम्बर राई बिजयी

२३ फाल्गुन २०८१, शुक्रबार २०:४२ प्रकाशित

विराटनगर २३ फागुन :
नेकपा एमाले मोरङको अध्यक्षमा अजम्बर राई विजयी भएका छन् । उनले राजकुमार ओझा लाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।

जिल्लाको नेतृत्वको लागि नेताहरू प्यानल बनाएरै मैदानमा उत्रिएका थिए ।राई पक्षलाई एमाले नेता बिनोद ढकालको साथ रहेको थियो भने ओझालाइ गुरु बराल लगायतको साथ रहेको थियो ।

राईले ४ सय ४६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ओझाले ४ सय ७ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा सागर थापा ४ सय २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी शान्ति लिम्बू भूजेलले ३ सय ९१ मत प्राप्त गरिन् । थापा राइ पक्षको प्यानलमा थिए भने भूजेल ओझा पक्षीय प्यानलमा थिइन् ।

सचिवमा सोमराज थापा निर्वाचित भएका छन् । उनले ४ सय ६२ मत प्राप्त गर्दा प्रतिस्पर्धी रविन थापाले ३ सय ६८ मत प्राप्त गरिन् ।

उपसचिवमा सन्तोष वान्तवा र उषा झा निर्वाचित भएका छन् । वान्तवाले ४ सय ९० र झाले ४ सय १८ मत प्राप्त गरिन् ।

मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ ।

२३ फाल्गुन २०८१, शुक्रबार २०:४२  मा प्रकाशित

Write your Comment