जितपुरसिमरा वडा नम्बर१६ मा एमालेको वनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

२४ फाल्गुन २०८१, शनिबार २१:५७ प्रकाशित

नेकपा एमालेको ३ महिना वडा केन्द्रित अभियान अन्तर्गत वनभोज तथा प्रशिक्षण कार्यक्रम जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा आज सम्पन्न भएको छ।

नेकपा एमाले वडा कमिटीका अध्यक्ष हरिदेव खरेलको अध्यक्षतामा र सम्पन्न कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाह, मधेस प्रदेश कमिटी सचिव मनोज पौडेल,जिल्ला कमिटी सचिव अमृत शर्मा बजगाई, जितपुरसिमराका उपप्रमुख भोलाप्रसाद अधिकारी,क्षेत्र नम्बर ३ का संयोजक अनिल मैनाली,निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, एमाले लेखा समिति बाराका अध्यक्ष रमेश सापकोटा लगायतले बोल्नुभएको थियो।

कार्यक्रममा जिल्ला कमिटी सदस्य सीमा ठकुरी,नवराज बस्नेत,वसन्त खतिवडा, एमाले प्रतिनिधि परिषद सदस्य तुलसा मैनाली, नगर कमिटी नगर कमिटी सचिव रत्न उप्रेती उपसचिव त्रिलोक विक्रम ठकुरी, जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष श्यामबाबु खाताहरू १३ का अध्यक्ष हेम नारायण चौधरी १७ का अध्यक्ष भीम लामा,अनेरास्वबियुका अध्यक्ष सरोज खनाल अनेसंघ जिल्ला सचिव उषा सापकोटा,एमाले नगर कमिटी सदस्यहरू नारायण घिमिरे पुष्पराज थापा रविन्द्र खकुरेल, पत्रकार महासंघका बाराका सचिव पुष्पराज खतिवडालगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण रविन्द्र राज भण्डारीले गर्नुभएको थियो।

२४ फाल्गुन २०८१, शनिबार २१:५७  मा प्रकाशित

Write your Comment