एमालेको वडा केन्द्रित अभियान जितपुरसिमरामा तिब्र

२८ फाल्गुन २०८१, बुधबार १६:४२ प्रकाशित

बारा २८ फागुन :
नेकपा एमालेको ३ महिना वडा केन्द्रित अभियान अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १२ मा आज अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम एमाले मधेस प्रदेश कमिटी सचिव मनोज पौडेलको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा कार्यक्रममा प्रदेश कमिटी सदस्यहरुदेबनारायण चौधरी,सुन्दर बिक,शुभद्रा न्यौपाने,जिल्ला उप-सचिब भावना आचार्य,जितपुरसिमरा उपमहानगर कमिटीका अध्यक्ष तथा उपप्रमुख भोलाप्रसाद अधिकारी,जिल्ला सचिवालय कमिटी सदस्य गिता घले,जिल्ला सदस्य कृष्ण खनाल,नगर सचिब सचिव रत्न उप्रेती,उपसचिव त्रिलोक बिक्रम ठकुरी,१२ नम्बर वडा अध्यक्ष श्यामबबु खालगायतको उपस्थिति रहेको थियो। वडा कमिटी अध्यक्ष मनोज कुमार रायको अध्यक्षतामा सम्पन्न थियो।

त्यसैगरी एमालेको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा पनि वडा केन्द्रित अभियान तथा होली मिलन कार्यक्रम आज सम्पन्न भएको छ। नेकपा एमाले मधेस प्रदेशका सचिव मनोज पौडेलको प्रमुखआथित्यताम र वडा कमिटीका अध्यक्ष राजकुमार अर्यालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

२८ फाल्गुन २०८१, बुधबार १६:४२  मा प्रकाशित

Write your Comment