बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त

३० फाल्गुन २०८१, शुक्रबार २०:३० प्रकाशित

काठमाडौं १ चैत्र :
नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त भएका छन् ।

प्राधिकरणको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा यस अघि प्राधिकरणको निर्देशक पदमा कार्यरत सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेको प्राधिकरणले जनाएको हो ।

यस अघि कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेका राजुरमण पौडेल ५ वर्षे सेवा अवधि पुरा गरेर अनिवार्य अवकाशमा गएपछि कार्यकारी निर्देशकको पद रिक्त रहेको थियो ।

३० फाल्गुन २०८१, शुक्रबार २०:३०  मा प्रकाशित

Write your Comment