प्रमुख निर्वाचन आयुक्त थपलियाको ६ बर्षे कार्यकाल पुरा,आजै बिदाइ

५ बैशाख २०८२, शुक्रबार १९:१५ प्रकाशित

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफ्नो ६ वर्षको कार्यकाल सम्पन्न गरेर बिदा भएका छन्।

शुक्रबार ६ वर्षे कार्यकाल सकेर निर्वाचन आयोगबाट बिदा भएका हुन्।

थपलिया २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए।

उनी बिदा भएसँगै प्रमुख निर्वाचन आयुक्त रिक्त भएको छ।

थपलिया नेपाल सरकारका पूर्वसचिव पनि हुन्।

५ बैशाख २०८२, शुक्रबार १९:१५  मा प्रकाशित

Write your Comment