मधेश प्रदेशको मिडिया काउन्सिलको अध्यक्षमा उपाध्याय नियुक्त

८ बैशाख २०८२, सोमबार १९:२८ प्रकाशित

जनकपुर ८ बैशाख :
मधेश प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा कमलकुमार उपाध्याय नियुक्त भएका छ्न । उपाध्यायले सोमबार सपथ तथा पदभार ग्रहण गरेका छन् । उपाध्यायले जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सपथ लिएसंगै काउन्सिलको कार्यालयमा पुगेर पदभार ग्रहण समेत गरेका हुन् । उपाध्यायलाई मुख्यमन्त्री सतिशकुमार सिंहको उपस्थितिमा गृह, संचार तथा कानुन मन्त्री राजकुमार लेखीले सपथ ग्रहण गराएका थिए ।


त्यसैगरी आमसंचार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका जितेन्द्र खड्गाले पनि सपथ तथा पदभार ग्रहण गरेका छन् ।

८ बैशाख २०८२, सोमबार १९:२८  मा प्रकाशित

Write your Comment