एमाले वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्माको प्यानल विजयी

९ बैशाख २०८२, मंगलवार २३:५५ प्रकाशित

वीरगञ्ज ९ बैशाख :
नेकपा एमालेको वीरगञ्ज महानगर कमिटीको अध्यक्षमा नवराज शर्मा विजयी भएका छन् । उनले प्रतिस्प्रर्धी सुन्दर कुर्मीलाई ५५ मतान्तरले पराजित गरेका हुन ।

नेकपा एमालेको मंगलबार भएको निर्वाचनमा नवराज शर्मा र सुन्दर कुर्मीले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा सहभागी भएका थिए । शर्माको प्यानललाई सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता, केन्द्रीय सदस्य अरविन्द सिंह, मधेश प्रदेशका उपाध्यक्ष विचारि यादव र वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजय कुमार सरावगीको समर्थन थियो भने सुन्दर कुर्मीको प्यानललाई पर्सा अध्यक्ष विश्म्भर शर्मा, सांसदहरु प्रभु हजारा र निर्मला देवकोटाको समर्थन रहेको थियो ।

निर्वाचन कमिटीका अध्यक्ष सन्तोष सिंहका अनुसार शर्माले १५१ मत प्राप्त गरेका छन् । उनको प्रतिद्धन्दी कुर्मीले ९६ मत मात्र ल्याएका छन् । त्यसैगरी उपाध्यक्षमा रामकिशोर सिंह(पराग) विजयी भएका छन् । उनले जले आलम अंसारीलाई पराजित गरेका हुन । सचिवमा लियाकत अली विजयी भएका छन् । उनले अनिश अंसारीलाई हराएका हुन । त्यसैगरी उपसचिवमा शर्मा प्यानलका जयनारायण सिंह र बिमला श्रीवास्तव विजयी भएका छन्।

९ बैशाख २०८२, मंगलवार २३:५५  मा प्रकाशित

Write your Comment