बुलेटको ग्यास लिक हुदा पथलैया हेटौंडा सडक बन्द

५ मंसिर २०७६, बिहीबार २१:४६ प्रकाशित

बारा ५ मंसिर

भारतको रक्सौलबाट नेपाल आउँदै गरेको ग्यास बुलटेबाट ग्यास ‘लिक’ भएपछि पथलैया-हेटौंडा सडकखण्ड बन्द गरिएको छ।
बुलेट चालकले ग्यास लिक भएको थाहा पाएपछि ग्यास बुलेट अमलेखगञ्जको तीन र चार नम्बर पुल बीचको जंगलमा रोकेर राखिएको छ । सम्भावित खतरालाई मध्यनजर गर्दै प्रहरीले सडकखण्ड बन्द गरेको इलाका प्रहरी कार्यालय सिमराका डीएसपी गोविन्द पुरीले बताउनु भयो ।
ग्यास बुलेट अहिले जितपुरसिमरा उपमहानगरपालिका २२ मा रोकिएको प्रहरीको भनाइ छ। बस्तीमा रोक्दा खतरा हुनसक्ने भन्दै जंगलमा रोकेर चालकले प्रहरीलाई खबर गरेको डीएसपी पुरीले भनाइ छ ।
प्रहरीले लिक भएको ग्यास बन्द गर्नसक्ने प्राविधिकको खोजी भइरहेको बताएको छ। ग्यास लिक रोक्न नसकेसम्म सडक अवरुद्ध हुने अनुमान गरिएको छ।
प्रहरीले सम्भावित खतरालाई मध्यनजर गर्दै बारुण यन्त्र समेत तयारी अवस्थामा राखेको छ। पथलैया-हेटौंडा सडकखण्ड ठप्प हुँदा पूर्वबाट राजधानी प्रवेश गर्ने र राजधानी, हेटौंडा, नारायणगढबाट पठलैया हुँदै पूर्वजाने सवारीसाधन सबै रोकिएका छन्।

५ मंसिर २०७६, बिहीबार २१:४६  मा प्रकाशित

Write your Comment