बिजय भएपछी बिध्या भट्टराईको मतदातालाइ भाबुक बधाई

१५ मंसिर २०७६, आईतवार २०:२३ प्रकाशित

नेकपा कास्की क्षेत्र नम्बर २ कि उम्मेदवार बिध्या भट्टराई अधिकारी  २४३९५ मत ल्यायी विजयी हुनुभएको छ । मन्सिर १४ भएको उपनिर्वाचन २०७६, कास्की क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेल लाइ ८ हजार ४ सय ९ मतान्तरले पछि पार्दै बिजयी हुनु भएको हो । बिजय भएपछि भट्टराई ले मतदातालाइ यसरी धन्यवाद दिनु भएको छ ।

सबैमा बधाई
यहाँहरुको अत्याधिक अमुल्य मतका साथ विजय गराउनु भएकोमा कास्की २का सम्पूर्ण मतदाताहरुमा हार्दिक धन्यबाद र बधाई । यहाँहरुको मत माथी म बाट कहिल्यै धोका हुने छैन । प्रिय रवीन्द्रजीका सपना, योजना र कम्युनिस्ट पार्टीको मार्गदर्शनमा मेरो आगामी योजना र गन्तब्य हुनेछ । सुभेच्छुक सबैमा बधाई।

१५ मंसिर २०७६, आईतवार २०:२३  मा प्रकाशित

Write your Comment